
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
सुरभीको ‘कामीन’ सार्वजनिक हुने तयारीमा

सिएफएम सम्वाददाता
राजविराज । श्रोत्ता र दर्शकहरुको मनमा राज गर्न सफल भएकी गायिका सुरभी मिश्राको ‘कामीन’ एल्बम चाँडै सार्वजनिक हुने भएको छ । वीरगञ्ज आईडलबाट गायनको क्षेत्रमा प्रवेश गरेकी सुरभीले विभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुतीबाट श्रोत्ता र दर्शकहरुको मनमा राज गर्न सफल भएकी हुन् ।
उनको सुमधुर स्वरमा साक्षात सरस्वतीकै वास रहेकै कारणले वीरगञ्ज लगायत आसपासका क्षेत्रमा हुने कार्यक्रमहरुमा सुरभीको उपस्थिती अनिवार्य नै भईसकेको छ ।
गायिका सुरभीको वीरगञ्ज सांगीतिक यात्रा सुरु गरेदेखि अहिले सम्म करिब १०० भन्दा बढी लाईभ प्रस्तुती, विभिन्न कार्यक्रमको निर्णायकको भुमिका निर्वाह समेत गरिसकेकिछिन् । विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत सुरभीले पढाई र संगीत दुवैमा राम्रै सन्तुलन मिलाई अगाडी बढिरहेकी छिन् ।
केही समय अगाडी मात्रै सार्वजनिक भएको उनको डेब्यु गीत ‘एक मिशाल’ले उनलाई झनै चर्चाको शिखरमा पुर्याएको छ । अनुप तिवारीको शब्द, संगीत रहेको सो गीतमा अनुप तिवारी र सुरभी मिश्राको स्वर रहेको छ ।
गीत सार्वजनिक भएपछि आफुलाई बधाई एवम् शुभकामनाको ओइरो नै लागेको उनले अनुभव सुनाइन् । ‘एक मिशाल’ को अपार सफलतापछि गायिका सुरभीले हाल नयाँ गीत ‘कामीन’ को तैयारीमा छिन् ।
अनुप तिवारीकै शब्द, संगीत रहेको यो गीतमा भने गायिका सुरभी मिश्रा र अनुप तिवारीले स्वर दिएका छन् । गीतको रेकर्डीङ्ग सकिएको र चाँडै सार्वजनिक गरिने गायिका सुरभीले बताइन् । कामीनले पनि दर्शकको मन जित्ने कुरामा आफु विश्वस्त रहेको उनले दावी समेत गरिन् ।
Program Schedule
Maithili News
07:30 am - 08:00 am
Interview Live
08:00 am - 09:00 am
Mixing Hangama
09:00 am - 10:00 am
Hindi Latest Song
10:00 am - 11:00 am
[+] View all
Public Poll
No Poll Added









