आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

हिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षति

image

नव युवा पुस्ता ‘जेनजी’ ले सुरु गरेको शान्तिपूर्ण प्रदर्शनले हिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षति भएको छ । 

सोमबार बिहान काठमाडौँको माइतीघरलगायत देशका मुख्य सहरबाट सुरु भएको शान्तिपूर्ण प्रदर्शनले उग्र रूप लिई हिंसात्मक बन्दा मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । प्रदर्शनमा सयौँ घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

प्रदर्शनकारीहरूको अनियन्त्रित भिडले राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटर, रामशाह पथमा रहेको सर्वोच्च अदालत, जिल्ला अदालतलगायत मुलुककै प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबारका मुख्य भवनहरूमा आगजनी ग¥यो । विगतका कुनै पनि शान्तिपूर्ण राजनीतिक आन्दोलनमा यस्तो हिंसा, आगजनी र लुटपाट भएको थिएन । 

आगजनीबाट राणाकालीन सम्पदाको मुख्य भवन सिंहदरबार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलगायत अरू मन्त्रालय र कार्यालयमा भएको भौतिक एवं तथ्यतथ्याङ्कका प्रमाणको क्षति अकल्पनीय छ । राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासका रूपमा इसं १९०३ मा बनाउन लगाएको त्यसबेलाको एसियाकै ठुलो यो दरबारमा एक हजार सात सय वटा कोठा थिए । विसं २००७ मा राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय (सबै मन्त्रालयहरू) राखियो । विसं २०३० मा ठुलो आगलागी हुँदा यसको पछाडिपट्टिको धेरै जसो भाग नष्ट भएको थियो । २०७२ को भूकम्पले क्षतिग्रस्त मुख्य भवन पुननिर्माण भएपछि पुनः आगलागीमा प¥यो । 

आगजनी र तोडफोडबाट उपत्यकाका अधिकांश सरकारी कार्यालय, सुरक्षा निकायका भवन र पोस्टहरू, सरकारी उच्च पदस्थ अधिकारी तथा राजनीतिक पार्टीका कार्यालय र निजी निवासहरूमा आगजनी तथा तोडफोड गरी ध्वस्त पारिएको छ । निशानामा परेका भवन तथा व्यापारिक केन्द्रहरूमा समेत लुटपाट भएको छ । मङ्गलबार राजधानीमा भऐको प्रदर्शनमा ठुलो सङ्ख्यामा प्रहरीतर्फ भौतिक क्षति र हताहती भएको छ । 

प्रत्यक्षदर्शीहरूका अनुसार प्रदर्शनकारीसँगको झडपमा महाराजगन्जमा कम्तीमा चार जना, कोटेश्वरमा कम्तीमा तीन जना प्रहरीको मुत्यु भएको छ । त्यसै गरी नयाँ बानेश्वर प्रभाग र कालीमाटी प्रभागमा पनि प्रहरीतर्फ ठुलो क्षति भएको जनाएइको छ । 

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी युनिटहरूमा अकल्पनीय मानवीय तथा भौतिक क्षति भए पनि त्यसको यकिन विवरण भने सङ्कलन हुन सकेको छैन । सबै प्रहरी युनिटहरू प्रदर्शनकारीको निसानामा परेका कारण अरू युनिटसँग सम्पर्क हुन सकेको छैन । प्रदर्शनकारीहरूले नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, अन्नपूर्ण मिडिया नेटवर्कलगायतका भवनमा समेत आक्रमण गरे । 

प्रदर्शनकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय, नेकपा एमाले, नेकपा माओवादीलगायत पार्टीका कार्यालय र नेताहरूको घरमा आगजनी, तोडफोड र लुटपाट गरे ।

Program Schedule
BBC Hindi Sewa 06:45 am - 07:15 am Promo/PSA/Songs 07:15 am - 07:30 am Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise