आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

image

आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

भारतीय सङ्गीत जगतकी प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघात भएपछि उहाँलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उहाँको निधन भएको हो।

मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उहाँको निधन भएको हो। हृदयाघात र श्वासप्रश्वास सम्बन्धी समस्याका कारण शनिबार अस्पताल भर्ना हुनुभएकी भोसलेको स्वास्थ्यमा सुधार नभई  उहाँको निधन भएको अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँको अन्तिम संस्कार सोमबार अपराह्न ४ बजे मुम्बईको शिवाजी पार्कमा पूर्ण राजकीय सम्मानका साथ गरिने छ।

सन् १९३३ सेप्टेम्बर ८ मा साङ्गलीमा जन्मिनुभएकी आशा पण्डित दीनानाथ मङ्गेशकरकी तेस्रो सन्तान हुनुहुन्थ्यो। १० वर्षको उमेरदेखि गायन यात्रा सुरु गर्नुभएकी उहाँले सात दशक लामो अवधिमा ११ हजारभन्दा बढी गीतमा स्वर दिनुभएको छ। सन् २०११ मा गिनिज वर्ल्ड रेकर्ड्सले उहाँलाई विश्वकै सबैभन्दा धेरै गीत रेकर्ड गराउने कलाकारको रूपमा मान्यता दिएको थियो।

भोसलेले 'नयाँ दौर', 'तीसरी मञ्जिल', 'उमराव जान', 'इजाजत' र 'रङ्गीला' जस्ता सयौँ चलचित्रमा अविस्मरणीय गीत गाउनुभएको छ। उहाँले दुई पटक राष्ट्रिय पुरस्कार, दादासाहेब फाल्के पुरस्कार (२००१) र पद्म विभूषण जस्ता प्रतिष्ठित सम्मान प्राप्त गर्नुभएको छ। सन् १९९७ मा उहाँ ग्रामी अवार्डका लागि मनोनयन हुने पहिलो भारतीय गायिका समेत बन्नुभएको थियो।

उहाँको निधनले भारतीय सङ्गीत जगतमा एउटा स्वर्णिम युगको अन्त्य भएको छ। भारतीय सङ्गीत जगतको एक विशाल खम्बाका रूपमा परिचित भोसलेले पार्श्व गायनका माध्यमबाट कैयौँ कालजयी गीत सुम्पिनुभएको छ। 

पार्श्व गायनको आकाशमा उहाँको स्वरको चञ्चलता र चुलबुले गीतको चर्चा धेरै हुन्छ । उहाँ विश्वभरका सङ्गीत प्रेमीको मनमा कहिल्यै नमेटिने स्थान बनाउन सफल हुनुभएको छ । 

Program Schedule
New Hindi Songs(2013-2015) 10:00 am - 11:00 am National news 11:00 am - 11:20 am Mud Fresh (Repeat) 11:20 am - 12:00 pm Hindi Songs (2001-2008) 12:00 pm - 1:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise