
टी–२० क्रिकेटमा परसाही विजयी

विद्यानन्द विक्की
राजविराज, ८ माघ । हिमालय क्लव लौनियाँद्वारा सप्तरीको लौनियाँँ गाविसमा सञ्चालित टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न खेलमा भगवति युवा क्रिकेट क्लव परसाही विजयी भएका छन् ।
जिल्ला खेलकुद विकास समिती सप्तरी र गाविसको सहयोगमा आयोजित दोश्रो दिनको खेलमा सरस्वति युवा क्रिकेट क्लव पिपराही–५ लाई ८३ रनले पराजित गर्दै भगवति युवा क्रिकेट क्लव विजयी भएका हुन् ।
प्रतियोगिता अन्तर्गत टस जितेर पहिलो ब्याटिङ्ग गर्दै परसाहीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ८० रनको योगफल तयार गरेका थिए । जवावी व्याटिङ्गका लागि मैदानमा आएका पिपराही–५ ले १४ ओभर ४ बलमा आफ्नो सम्पूर्ण विकेट गुमाउदै ९७ रनमा समेटियो ।
प्रतियोगिता अन्तर्गत विजेता टिमका नितेशकुमारलाई म्यान अफ दी म्याच घोषित गरिएको आयोजक संस्थाका अध्यक्ष प्रदिपकुमार मण्डलले जानकारी दिए ।
यस अघि गाविसका प्राविधिक सहायक मुक्तिलाल यादव तथा पूर्व गाविस सचिव रामेश्वर प्रसाद मण्डलले शुक्रवार उद्घाटन गरेको खेलमा नाईस क्रिकेट टिम कुनौली विजयी भएका थिए । कुनौलीले अक्बरपुर क्रिकेट टिमलाई १ सय ४१ रनले पराजित गरेको अध्यक्ष मण्डलले बताए ।









