
एमपीएलको उपाधीमाथि गणपतिको कब्जा

विद्यानन्द विक्की
राजविराज, ११ कात्तिक । सप्तरीमा सञ्चालित मधेश प्रिमियर लिग (एमपिएल)–सिजन–२ टि टवान्टी क्रिकेटको उपाधीमाथि गणपतिले कब्जा जमाएको छ ।
गणपतिले राजबिराजलाई पराजित गर्दै उपाधीमाथि कब्जा जमाएको हो । राजबिराजको रंगशालमा बिहिवार भएको फाईनल खेलमा गणपतिले मेसुलंका क्रिकेट टिम सप्तरीलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिलो व्याटिंग गरेको मेसुले निर्धारित २० ओभरमा ८ विकेट गुमादै १ सय २७ रनको योगफल तयार ग¥यो । उसका लागि बिधान गोस्वामी, शेखर झा र राकेश कामैतले क्रमश ३०, २६ र १७ रन बनाए ।
बलिङ्गतर्फ गणपतिका दीपेन्द्र ऐरी ३, विजय भारती र मेहबुब आलमले समान २÷२ विकेट लिए ।
१ सय २८ रनको लक्ष्य साथ मैदानमा आएको गणपतिले १८ ओभर ३ बलमा पाँच विकेट गुमाएर आफनो विजयी लक्ष्य प्राप्त ग¥यो । उसका लागि अमल दास, राजेश सिंह र मेहबुब आलम क्रमश ४७, २१ र २० रन बनाए ।
बलिङ्गतर्फ मेसुका रबिन सिंह र बिटु कुमारले समान २÷२ तथा दलजीत कुमारले एक विकेट लिए । फाईनल खेलको म्यान अफ द म्याच अमल दास घोषित भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा म्यान अफ द सिरिज गणपतिका विजयी भारती र अमल दासलाई बेस्ट ब्याट्स म्यान तथा गणपतिकै दिपेन्द्र ऐरी बेस्ट बलर समेत घोषित भए । प्रतियोगिता पश्चात आयोजित कार्यक्रममा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले कप, मेडल, पुरस्कार र प्रमाण पत्र बितरण गरेका थिए ।









