आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

रोनाल्डोको यो तस्बिरले नेपालीलाई बनायो दुःखी र आक्रोशित, चौतर्फी आलोचना

image

कार्तिक ५,   द सन | क्रिस्टियानो रोनाल्डोलाई नचिन्ने सायदै कोही होला । उनका प्रंशसक संसारका कुना कुनामा छरिएर बसेका छन् । तर पछिल्लो इन्स्टाग्राम पोष्टले भने उनको संसारभरी छरिएर बसेका बौद्धधर्मावलम्बी प्रशंसकलाई निराश बनाएको छ । अझ भन्नुपर्दा उनले बौद्धधर्मावलम्बी प्रशंसकहरु एकै झट्कामा गुमाएका छन्

पोर्चुगलका क्याप्टेनले बुद्धको मूर्तीमा आफ्नो दाहिने खुट्टा राखेर खिचेको फोटोले अहिले निकै चर्चा बटुलिरहेको छ । उनको यो फोटोले बौद्धधर्मावलम्बीको आस्थालाई अनादर गरेको अनुयायी बताउँछन् ।

फेसबुक प्रयोगकर्ता सुभम पाण्डेले उनको फोटोमा कमेन्ट गरेका छन्, ‘यो अनादर हो । गौतम बुद्धको मूर्तीमा उनले कसरी खुट्टा राख्न सक्छन् । रोनाल्डोबाट यस्तो मूर्खता मैले सोचेकै थिइनँ । सर, तपार्ईंले आज एउटा प्रशंसक गुमाउनु भएको छ, जुन राम्रो होइन ।’ उनको यो कमेन्टले १२ हजार लाइक पाएको छ ।

ronaldo-buddha-facebookइरान्डा लेस्नर रानासिङ्घे लेख्छिन्, ‘रोनाल्डोले अहिले भर्खरै एक प्रशंसक गुमाएका छन् । ए मूर्ख, तिमीले भगवान् बुद्धको मूर्तीमा खुट्टा राख्न पाउँदैनौ । तिमीबाट यस्तो अनादर हामीले आशा गरेका थिएनौं ।’

यस्तै गरी, पुकार तिमल्सिनाले नेपालको ठेगाना दिँदै लेखेका छन्, ‘हो, तिमी राम्रो खेलाडी हौ तर यसो भन्दैमा कसैको भावना र आस्थालाई बेवास्ता गर्न पाउँदैनौ । भगवान गौतम बुद्ध, शान्तिका दूत हुन् (बौद्ध धर्मका संस्थापक) । यस्तो व्यवहार देखाएर कसरी तिमीले धर्मलाई अनादर गर्न सक्छौ । हुन त म बौद्ध धर्म मान्दिनँ तर मलाई यसले निकै पीडा दिइरहेको छ ।’

रोनाल्डोको यो तस्बिरमा चौतर्फी आलोचना भएपछि म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडी बताउने एक प्रशंसकले रोनाल्डोले कसैलाई अपमान गर्न यसो नगरेको भन्दै उनको बचाउ गरेका छन् ।

उनले लेखेका छन्, ‘उनले कुनै धर्मको अपमान गर्न खोजेका होइनन्, साथीहरु । शुभ दिन ।’

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise