आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

एमपिएल सिजन–२ मा गणपति र रञ्जितपुर विजयी

image

विद्यानन्द विक्की
राजविराज, ५ कात्तिक । सप्तरीमा सञ्चालित मधेश प्रिमियर लिग (एमपिएल) टि–टवान्टी क्रिकेट प्रतियोगिताको सिजन–२ अन्तर्गत शुक्रवार सम्पन्न दुई चरणको खेलमा गणपति र रञ्जितपुर राईडर्स विजयी भएको छ ।
    गाणपतिले झापा ईलेभनलाई ९ बिकेटले पराजित गर्दै विजयी भएको छ भने रञ्जितपुर राईडर्सले सुनसरीलाई ५० रनले पराजित गरेको छ ।
    राजविराज रंगशालामा भएको पहिलो चरणको खेलमा टस जितेर व्याटिङ्ग गर्दै झापा ईलेभनले निधारित २० ओभरमा सबै बिकेट गुमाई १ सय १३ रनको योगफल तयार गरेका थिए ।
   उसका लागि राज थापा २१ रन, क्षितिज पोखरेल तथा लाक्पा लामाले समान्य १९÷१९ रनको योगदान दिएका थिए । बलिंङ्गतर्फ गणपतिका कुशल भुर्तेल तथा आरिफ शेखले समान्य २÷२ बिकेट र बिजय भारतीले १ बिकेट हात पारेका थिए ।
जवाफमा १ सय १४ रनको लक्ष्य साथ मैदानमा आएका गणपतिले १२.१ ओभरमा मात्र १ बिकेटको क्षतिमा आफनो बिजय लक्ष्य पुरा गरेका थिए ।

    उसका लागि बिजय भारतीले उत्कृष्ट  ७२, राजेश सिँह २३ रन अबिजित र अभिनाष कर्णले पनि नटआउट खेल्दै १७ जोडेका थिए । बलिङ्गतर्फ झापाका अमित श्रेष्ठले १ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच गणपतिका बिजय भारती घोषित भएका थिए ।
    आजै सम्पन्न दोश्रो चरणको खेलमा टस जितेर रंजितपुरले निर्धारित २० ओभर खेल्दै १ सय २ रनको योगफल तयार पारेका थिए । उसका लागि रबिन्द्र यादब २८,बिका्रन्त देव २१, बिनय देवले १२ रनको योगदान दिएका थिए ।
     बलिंग तर्फ सुनसरीका फिरोज आलमले किफाईती बलिंग गर्दे ४ ओभरमा १८ रन खर्चेर ३ बिकेट हात पारेका थिए भने सनोज यादबले पनि ३ बिकेट हात पारेका थिए । रंजितपुरका अनिष आलमले घातक बलिंग गर्दे ४ ओभरमा १० रन खर्चे सुनसरीको ५ बिकेट झटके पछि जवाफमा आर्लेका  सुनसरीले १३ ओभरमा आफनौ सबै बिकेट गुमाई ५३ रनमै सिमित रहे पछि रंजितपुरले ५० रनको अन्तरले बिजय हासिल गरेका थिए ।
    सुनसरीका लागी अफजल हुसेनले ११ रन वाहेक कुनै खेलाडीले दोहोरो अंक पार गर्न सकेन । रंजितपुरलाई जिताउन बिक्रान्त देवले पनि  २ बिकेट लिएका थिए । दाश्रो चरणको खेलमा म्यान अफ दि म्याच रंजितपुरका अनिष आलम घोषित भएको थियो ।
    
 

Program Schedule
Bani Bahas 09:00 am - 10:00 am Latest Hindi Song 10:00 am - 11:00 am National News 11:00 am - 11:20 am Maithili Songs 11:20 am - 12:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise