
फ्रेण्डसिप टि–२० को उपाधीमाथि राजविराजको कब्जा

विद्यानन्द विक्की
राजविराज, २१ भदौ । राजविराज स्थित रंगशालामा संचालित प्रथम फ्रेण्डसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधीमाथि सगरमाथा एकेडेमी राजविराजले कब्जा गरेका छन् । अखिल नेपाल खेलकुद महासंघ सप्तरीद्वारा सञ्चालित ५ दिवसीय सिरीजमा स्पोर्ट क्लव लाहानलाई ३–२ ले पराजित गर्दै राजविराजले उपाधीमाथि कब्जा गरेका हुन् ।
मंगलवार सम्पन्न अन्तिम खेलमा टस जितेर ब्याटिङ्ग राजविराजले निर्धारित २० ओभरमा ९ विककेट गुमाएर १ सय ५४ रन वनाएको थियो । राजविराजका लागि राहुल मण्डल ४०, रोबिन सिंह र बिबेक यादवले समान २६/२६ रनको योगदान दिएका थिए ।
वलिङ्गतर्फ लाहानका अनिष श्रेष्ठ ४, कुस मण्डल, अबिनाश र किरणले समान १/१ विकेट लिएका थिए । प्रतिउत्तरमा १ सय ५५ रनको बिजयी लक्ष्य साथ मैदानमा आएका लहानले १६ ओभरमा सम्पूर्ण विकेट गुमाई ८० रनमा समेटियो । लहानका लागि किरण र गणेशले क्रमश २४/१२ रनको योगदान वाहेक अन्य कुनै ब्याटसम्यानले दोहोर अंक जोडन नसकेको हो ।
वलिङ्गतर्फ राजविराजका लागि निरज यादव र मनिष मण्डलले समान ३/३ र रोबिन सिंह र विवेक यादवले समान १/१ विकेट लिएका थिए । फाईनल खेलको म्यान अफ द म्याच राजविराजका निरज यादव घोषित भएका छन् भने म्याच अफ सिरीज लहानका राकेश कामत, बेष्ट ब्याट्स म्यान राजविराजका राहुल मण्डल, बेष्ट बलर बिबेक यादव, बेष्ट फिल्डर रोबिन सिंह तथा इमरजिङ्ग प्लेयर लहानका कृष्णा गुप्ता घोषित भएको आयोजकले जनाएको छ ।
प्रतियोगितापछि महासंघ सप्तरीका सहसंयोजक बिरेन्द्र यादवको अध्यक्षतामा आयोजित पुरस्कार बितरण कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्ष एजेड न्यासुर लामा, अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीका अध्यक्ष केदार देव, प्रेस सेन्टर सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, अखिल नेपाल खेलकुद महासंघ सप्तरीका सदस्य सचिव रोशन मण्डल र पुर्व र्राष्ट्रय क्रिकेट खेलाडी दिपेन्द्र चौधरी लगायतले पुरस्कार बितरण गरेका छन् ।









