आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

एक लाख राशिको एमपीएल कात्तिकमा

image

विद्यानन्द विक्की
राजविराज, १३ भदौ । मधेशका जिल्लामा भएका क्रिकेट खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको मधेश प्रिमियर लिग (एमपीएल) को दोश्रो चरणको खेल कात्तिकमा हुने भएको छ ।
    आयोजक मधेशी इञ्जिनियर स्टुडेन्ट युनियन (मेसु) ले सोमवार राजविराजमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार कुल १५ लाख खर्च अनुमान गरीएको लिगमा वढिमा १६ वटा टिमले सहभागिता जनाउँने छन् ।     नकआउट आधारमा खेलाइने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार र दोश्रो हुने टिमले ५१ हजार पुरस्कार पाउने आयोजक मेसुका अध्यक्ष संजीव नारायण यादवले जानकारी दिए ।
    अध्यक्ष यादवका अनुसार लिग अन्तर्गतका म्यान अफ दि सिरिजलाई एलईडी–टीभी, म्यान अफ द म्याचलाई कप, वेस्ट बलर र व्याट्स म्यानलाई साइकल तथा टुर्नामेन्टको वेस्ट अलराउण्डरलाई ५ हजार नगद दिइने छ ।
    कात्तिक २ गतेदेखि सञ्चालन हुने दोश्रो चरण अन्तर्गतको उद्घाटन खेल जनकपुरमा र समापन खेल राजविराजमा हुने आयोजक मेसुका सचिव अमित पाठकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
    पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र चौधरी, एमपीएल क्रिकेट वोर्डका अध्यक्ष अभिनाष मण्डल, उपाध्यक्ष पवन दास लगायतले प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएका थिए ।   
 

Program Schedule
Bani Bahas 09:00 am - 10:00 am Latest Hindi Song 10:00 am - 11:00 am National News 11:00 am - 11:20 am Maithili Songs 11:20 am - 12:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise