आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

काबुलमा नेपाली सवार बसमा आत्मघाती बम बिस्फोट, १४ नेपालीको मृत्यु, ५ घाइते

image

असार ६ / अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान तालिबानी आतंकवादीले गरेको आत्मघाती बम बिस्फोटमा परि १४ जना नेपालीको मृत्यु भएको अफगानी गृहमन्त्रालयले प्रेस विज्ञप्ती मार्फत जनाएको छ । विज्ञप्तीका अनुसार बिस्फोटमा परी अन्य ५ नेपाली र ४ अफगानी घाइते भएका छन् ।

तालिबान आतंकवादीले नेपाली सुरक्षा गार्ड सवार रहेको मिनिबसमा बिहान ५:४० बजे आत्मघाती हमला गरेका थिए । बिस्फोटमा परी १४ जनाको मृत्यु भएको हाे भने ९ जना घाइते भएका छन् ।

काबुलका प्रहरी प्रमुख अब्दुल रहमानका अनुसार नीजि सुरक्षा गार्डकाे अावस नजिकै घात लगाएर बसेका अात‌ंकवादीले गार्ड चढेकाे गाडी अावसकाे गेटबाट बाहिरिए लगत्तै बिस्फोटन गराएका हुन् । बिस्फाेटमा परी उक्त बजारमा रहेका अन्य सर्वसाधारण पनि घाइते भएकाे उनले जानकारी दिए ।

पाकिस्तानस्थित नेपाली दूतावासले घट्ना सम्बन्धी विस्तृत जानकारी लिने काम भइरहेको बताएको छ । दूतावासले केही समयपछि विस्तृत जानकारी आउने दाबी गरेकाे छ । 

दूतावासका एक अधिकारीका अनुसार मृतक तथा घाइते त्यहाँकाे एक निजी सुरक्षा कम्पनीमा काम गर्दथे, जसले क्यानेडियन दुतावासलाई सुरक्षा प्रदान गर्दथ्यो । घाइते ९ जनाको भने अवस्था सामान्य रहेको जानकारी समेत ती अधिकारीले दिए । तालिबानका प्रवक्ता जबिउल्ला मुजाहिदले ट्वीट गर्दै उक्त हमलाकाे जिम्मेवारी लिएका छन् ।

 

 

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise