आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

मलेसियामा ज्यान गुमाउने नेपालीमध्ये ७० प्रतिशतलाई हृदयघात

image

३१ जेष्ठ । मलेसियामा ज्यान गुमाएका नेपालीहरु मध्ये झण्डै ७० प्रतिशतलाई हृदयघात भएको पाइएको छ । गत वर्ष ४ सय ६१ जनाको मृत्यु भएको रिपोर्ट आएको नेपाली दूतावासले जनाएको छ । र, ७० प्रतिशतको मृत्युको कारण हृदयघात भएको नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातले बताए ।

      उनका अनुसार लामो समयसम्म काम गर्ने, विशेष गरेर तातो घाममा काम गरेकाले हृदयघात हुने गरेको छ । ३० प्रतिशतको मृत्यु भने कार्यक्षेत्रमा हुने दुर्घटना, अत्यधिक मदिरा सेवन र आत्महत्याका कारण हुने गरेको छ ।

Niranjan-Man-Sing-Basnyat

डा. निरञ्जनमान सिंह बस्न्यात

राजदूत बस्न्यातका अनुसार सन् २००५ देखि अहिलेसम्म (१० वर्षमा) २ हजार ९४५ जना नेपाली कामदारको मृत्यु भएको छ । ‘नेपालीहरु विदेश आएर कडा श्रम गर्छन्, आफ्नो स्वास्थ्यको ख्याल गर्दैनन्,’ नेपाली राजदूत बस्न्यातले द स्टारसँग भनेका छन् ।

       नेपालीहरुको मृत्युको अर्को कारण अत्यधिक मात्रामा मदिरा सेवन पनि रहेको छ । केहीले भने तनाव र मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेका छन् । भनेको जस्तो पैसा कमाउन नसक्दा र विदेश जाने बेला लिएको ऋण तिर्न नसक्दा धेरै नेपाली मानसिक तनावमा पर्ने गरेको पाइएको छ । मलेसियामा ८ लाख नेपाली कामदार रहेको अनुमान छ ।

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise