आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

यसको वर्ष आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता बैशाख ६ गतेदेखि

image

विद्यानन्द विक्की
राजविराज, २७ चैत्र । सप्तरीमा प्रत्येक वर्ष हुने राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता यस वर्ष वैशाख ६ गतेदेखि हुने भएको छ । शनिवार राजविराजमा जिल्ला खेलकुद विकास समितीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।
    युवा तथा खेलकुद मन्त्रालयको निर्देशन अनुसार २०७२ चैत्र महिनाभित्रै उक्त प्रतियेगिता सम्पन्न हुनपर्ने भएपनि लामो मधेश आन्दोलन तथा जिल्ला खेलकुद विकास समितिका पदाधिकारी नियुक्ती विवादका कारण जिल्लामा प्रतियोगिता निर्धारित मितिमा गर्न नसकिएको खेलकुद समितले बताएको छ ।
    पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डलले मधेश आन्दोलन स्थिर भएको र पदाधिकारी नियुक्ती विवाद समेत निरुपण भईसकेकाले आगामी वैशाख ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको बताए ।
    पहिलो चरणमा निर्वाचन क्षेत्र स्तरमा हुने प्रतियोगिता अन्तर्गत क्षेत्र नं. १ का लागि उच्च मावि ओद्राहा, क्षेत्र नं. २ का लागि उच्चमावि पकरी र क्षेत्र नं. ३ का लागी राजदेवी उच्चमावि राजविराजको खेल मैदानमा गरिने जनाइएको छ ।

    यस्तै क्षेत्र नं. ४ को मावि पातो, क्षेत्र नं. ५ को मावि रामपुर जमुआ र क्षेत्र नं. ६ का लागि मावि रौतहटको खेल मैदानमा प्रतियोगिता हुने कार्यालय प्रमुख मण्डलले बताए । निर्वाचन क्षेत्रस्तरीय प्रतियोगिता सम्पन्न भएपछि जिल्लास्तरीय फाइनल खेल वैशाख १३ देखि १५ गतेसम्म ओद्राहा स्थित उच्चमाविको खेल मैदानमा हुने जनाए ।
    पत्रकार सम्मेलनमा समितिका अध्यक्ष एजेट न्यासुर लामाले प्रतियोगितामा छात्र र छात्रा दुवै समूहको भलिवल, एथलेटिक्स, मार्सल आर्ट, कराँते, तेकवान्दो, उसुका साथै पहिलो पटक कब्बड्डी खेल पनि सहभागी गराइएको जानकारी दिए ।

    उनले प्रतियोगिताका लागि कुल ३८ लाख अनुमानित बजेट तय गरिएको जानकारी दिँदै प्रथम हुने विद्यालयलाई नगद रु.१५ हजार, द्वितीयलाई १२ हजार र तृतीय हुनेलाई ९ हजारका साथै शिल्ड, कप र प्रमाण पत्र प्रदान गरिने बताए ।
        यूवा तथा खेलकुद मन्त्रालयको तत्वावधान, राष्ट्रिय खेलकुद परिषदको संयोजन, जिल्ला शिक्षा कार्यालयको सहयोग र जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा अध्यक्ष लामाले जानकारी दिए ।

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise