प्रेमिकासँग गुपचुप डेटमा टाइगर श्राफ

बलिउडमा आफ्नो पहिलो चलचित्र ‘हिरोपन्थी’ खेल्ने वित्तिकै नायक टाइगर श्राफ चर्चित बने । विशेषगरि, उनको एक्सन र नृत्य शैलीलाई सर्वाधिक रुचाइएको छ । अब, उनी ‘वाघी’ चलचित्र लिएर दर्शकमाझ आउँदैछन् ।
टाइगरलाई मन पराउने यूवतीहरुको संख्या पनि प्रशस्त छ । तर, टाइगर भने एक यूवतीको प्रेममा डुबेका छन् । दिशा पटानी नाम गरेकी यूवतीसँग टाइगर अहिले प्रेममा छन् । यी दुइलाई मिडियाले मुम्बइको पीभीआर मल्टिप्लेक्सबाट चलचित्र हेरेर बाहिर निस्कदै गरेको अवस्थामा क्याप्चर गरेका छन् ।
टाइगरले आफ्ना फ्यानसँग सेल्फी लिएका थिए भने दिशा केही लजाएकी थिइन् । टाइगर फ्यानसँग कुरा गर्दै र मिडियासँग तस्बिर खिचाउँदै हिड्दा दिशा सुटुक्क कारमा छिरिन् र प्रेमीको प्रतिक्षा गरिन् ।
- See more at: http://www.onlinekhabar.com/2016/03/408186/#sthash.osJ23Uc1.dpuf