आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

अष्ट्रेलिया पाँचौं पटक विश्व च्याम्पियन न्यूजिल्याण्डलाई ७ विकेटले पराजित

image

५ चैत । न्यूजिल्याण्डविरुद्ध सहज जित हात पार्दै अष्ट्रेलिया पाँचौं पटक वन डे क्रिकेटको विश्व च्याम्पियन बनेको छ ।

आइतबार भएको फाइनलमा कप्तान माइकल क्लार्क र स्टिभ स्मिथको शतकीय साझेदारीको मदतमा न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन मात्र बनेन,  समूह चरणमा ब्यहोरेको हारको बदाला समेत लिएको छ । यससँगै क्लार्कले आफ्नो वन डे क्रिकेटको सखद अन्त्य गरेका छन् ।

मेलबर्न क्रिकेट ग्राउण्डमा न्यूजिल्याण्डले प्रस्तुत गरेको १८४ रनको लक्ष्य अष्ट्रेलियाले ३३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाको पहिलो विकेट भने सस्तैमा गुमेको थियो । मात्र २ रन जोड्दा एरोन फिन्च शुन्यमा नै आउट भए ।

दोस्रो विकेटका लागि डेभिड वार्नर र स्टिभ स्मिथले ६१ रनको साझेदारी गरे । दोस्रो विकेटका रुपमा आउट भएका वार्नरले ४६ बलमा ४५ रन बनाए ।

माइकल क्लार्कले तेस्रो विकेटका लागि स्मिथसँग ११२ रनको साझेदारी गरे । क्लार्क ७४ रनमा आउट भए । स्मिथ ५६ र बाट्सन २ रनमा अविजित रहे ।

खराव सुरुवात, १८३ मा अलआउट

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ४५ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनायो ।  उसको सुरुवात निकै खराव रहृयो । न्यूजिल्याण्डको स्कोर मात्र एक रन हुँदा कप्तान ब्रेन्डन म्याकुलम शुन्यमै बोल्ड आउट भए । यो विश्वकपमा न्यूजिल्याण्डको सबैभन्दा खराव सुरुवात थियो ।

उसका भरपर्दा ब्याट्सम्यान मार्टिन गुप्टिल ग्लेन म्याक्सवेलको बलमा १५ रनमै बोल्ड आउट भए । थप ६ रन जोड्दा केन विलियम्सन १८ रनमा आउट भएपछि न्यूजिल्याण्ड दबावमा आयो ।

तर, ग्राण्ट इलियट र रोस टेलरले शतकीय साझेदारी गर्दै न्यूजिल्याण्डको पारी सम्होलेका छन् । इलियटसँग १११ रनको साझेदारी गरेका टेलर चौथो विकेटका रुपमा व्यक्तिगत ४० रनमा आउट भए ।

चौथो विकेट गुमाउँदा न्युजिल्याण्डको स्कोर १५० रन थियो । त्यसपछि विकेट झर्ने क्रम तीव्र भयो ।  कोरी एण्डरसन शुन्यमै बोल्ड भए भने र लुक रोन्चीले पनि खाता खोल्न सकेनन् । ड्यानअल भिट्टारीले ९ रन मात्र जोडे ।

न्यूजिल्याण्डको स्कोर १७१ रन हुँदा आठौं विकेटका रुपमा इलियट ८३ रनमा आउट भए । माट हेनरी शुन्य र टीम साउदी ११ रनमा नै पभेलियन फर्किए ।

अष्ट्रेलियाका फल्कनर र मिचेल जोनसनले ३/३ विकेट लिए भने मिचेल स्टार्कले २ र म्याक्सवेलले एक विकेट लिए ।

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise