आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

फिफाको बरियतामा नेपाल ६ स्थान माथि

काठमाडौं, फागुन १– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनवरी महिनाको सार्वजनिक गरेको बरियतामा नेपाल छ स्थानमाथि उक्लदै १ सय ८० औं स्थानमा  पुगेको छ । 

फिफा बरियताको शीर्ष स्थानमा रहेको जर्मनीले १ हजार ७ सय २९ अङ्कको साथमा पहिलो स्थानमा रहेको छ भने नेपाल ५५ दशमलव ४ अङ्कका साथ १ सय ८० औं स्थानमा पुगेको छ । यसअघि डिसेम्बरमा नेपाल ४९ अङ्कका साथ १ सय ८६ औँ स्थानमा थियो ।

दक्षिण एसियाली मुलुकमा सबैभन्दा माथि रहेको माल्दिभ्स चार स्थान तल झर्दै १ सय ३५ औँ स्थानमा पुगेको छ ।  यस्तै दुई स्थान तल झरी अफगानिस्तान १ सय ४४ स्थानमा र ८ स्थान माथि उक्लदै बङ्गलादेश १ सय ५७ औँ स्थानमा पुगेको छ । 

यस्तै भारत १ सय ७१ औं यथास्थानमा कायमै छ भने पाकिस्तानले आफूलाई १७ स्थान सुधार्दै भारतसँगको बरियतामा बराबरी गरेको छ । श्रीलङ्का १ सय ७३ औं स्थानमा र भुटान २ सय ९ औं स्थानमा रहेर विश्वमै सबैभन्दा पुछारमा परेको छ ।  विश्व च्याम्पियन जर्मनी शीर्ष स्थानमा कायमै छ ।

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise