
आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन–२ मा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

काठमाडौ, ४ माघ । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । नामिबियामा भइरहेको खेलमा नेपालले आज बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्न लागेको हो । बलियो टोली क्यानडासँग पहिला ब्याटिङ गर्ने क्रममा दुई सय ५१ रन जोड्दै ६७ रनको जित हात पारेर सानदार सुरुआत गेको नेदरल्यान्ड्स सबैभन्दा बलियो टोली हो ।
नेदरल्यान्ड्सले चार पटक विश्वकप संस्करणमा सहगिता जनाइसकेको छ । यसैबीच नेपालले हिजो आफ्नो पहिलो खेलमा युगान्डासँग दुई रनको हार व्यहोरेको थियो । डिभिजन एक प्रवेशको आधार तयार गर्न नेपाललाई युगान्डासँग जित्नुपर्ने दवाव थियो । तर नेपालको सुरुवाती खेल आसालाग्दो हुन सकेन ।
लो स्केरिङ खेलमा एक सय ४७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४९ दशमलव ६ बलमा अलआउट हुँदै एक सय ४४ रनमा समेटिएको थियो । आजै हुने अर्को खेलमा क्यानडाबिरुद्ध केन्या र नामिबियाविरुद्ध युगाण्डा भिड्ने भएका छन् ।









