
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
गोबरगाढाका नाममा बर्सेनि एक करोड खर्च, विद्यालय र स्वास्थ्य चौकी भने गोठमै

गोबरगाढाका नाममा बर्सेनि एक करोड खर्च, विद्यालय र स्वास्थ्य चौकी भने गोठमै
सप्तरी — साबिकको गोबरगाढा गाउँ विकास समिति अहिले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको १३ वडा बनेको छ । चारैतिर सप्तकोसी नदीले घेरिएको यो बस्ती टापुजस्तै छ । चारतिर पानी र बालुवाले पुरिएको यो बस्तीका अधिकांश नागरिक अहिले टापुबाहिरै बस्छन् । दुई–चार परिवारमात्रै यहाँ बस्दै आएका छन् । गोबरगाढामा साबिकदेखि नै विद्यालय र स्वास्थ्य चौकी छ तर नाम मात्रका । हनुमाननगर कंकालिनी नगरपालिकाले वडा सिलिङ र शिक्षा तथा स्वास्थ्य गरी यो ठाउँका लागि बर्सेनि १ करोड रुपैयाँ हाराहारीमा रकम खर्च गर्दै आएको छ । तर गोबरगाढा उही बालुवा र पानीको बीचमा टापु छ । विद्यालय चल्दैनन्, स्वास्थ्य चौकी गोठमा खुल्दैनन् । वडा सिलिङको पैसा विभिन्न वहानामा अन्यत्रकै वडामा खर्च गरिंदै आएको छ । हरेक वर्ष सप्तकोसी नदीमा पानीको बहाव बढ्दा गोबरगाढा समाचारको विषय बन्छ । पानी नआउँदासम्म गोबरगाढाभन्दा बाहिर मानिस बसोवास गरिरहेको देखाउँदै आधारभूत सेवाहरू त्यहाँ नराख्ने र बाढी आएपछि राहत लिनेको ओइरो नै लाग्ने गरेको छ । कक्षा ७ सम्म अध्यापन भइरहेको भनिएको गोबरगाढास्थित श्री शारदा आधारभूत विद्यालयको स्थापना २०२३ सालमा भएको हो । बाँसको टाटीले घेरिएको र माथि टिनको छाना भएको यहाँ १ सय ५४ जना विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ । तर गोबरगाढा बस्तीमै पनि दैनिक १ सय ५४ जना बस्दैनन् । चारवटा भँगालो पार गरेर विद्यालय पुग्नुपर्ने भएका कारण वर्षाको मौसममा त दैनिक यहाँ सबै शिक्षक पुग्दैनन् । अन्य समयमा पनि शिक्षकहरू पालो लगाएर यहाँ पुग्छन् । तर छात्रवृत्ति, पाठ्यपुस्तक लगायतका सबै सुविधा यो विद्यालयमा गइरहेको छ । गोठजस्तो रहेको विद्यालयमा रहेका डेस्क–बेन्च विद्यालयमा छैनन् । ‘बस्तीका मान्छेले बिहेमा लगेका थिए, फर्काएर ल्याएका छैनन्,’ विद्यालय शिक्षक रामअवतार मुखियाले भने । विद्यार्थी र शिक्षक नै नियमित नआउने भएपछि डेस्क–बेन्च जसले लिएर गए उसैले प्रयोग गर्दै छन् । चार जना शिक्षक र एक कार्यालय सहयोगी गरी गत आर्थिक वर्षमा यस विद्यालयमा तलबमा मात्रै १६ लाख ३ सय ६२ रुपैयाँ खर्च भएको छ । विद्यार्थी र शिक्षक नियमित नआउने यो विद्यालयमा तलबका अतिरिक्त गत आर्थिक वर्षमा पाठ्यपुस्तकमा ४९ हजार ६ सय १६ रुपैयाँ, छात्रवृत्तिमा ३० हजार, दिवा खाजामा ७४ हजार २ सय ५० रुपैयाँ खर्च भएको छ । गोठमा कार्यालय रहेको विद्यालयको मसलन्दमा १० हजार र व्यवस्थापन खर्च २० हजार गत आर्थिक वर्षमा सकिएको हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ । नियमित नभए पनि बेलाबखत विद्यालय जाने शिक्षकलाई पनि विद्यालयसम्म पुग्न दुःख छ । चारवटा भँगालो पार गरेर विद्यालयसम्म पुग्नुपर्ने भएकाले गम्छा लगाएर विद्यालय पुग्नुपर्ने बाध्यता रहेको शिक्षक मुखियाले बताए । ‘विद्यालय खुला छ, त्यसकारण विद्यालय नजिकै एक जनाको गोठमा विद्यालयको कागजपत्र राखेर कार्यालय राखिएको छ,’ उनले भने । हनुमाननगर कंकालिनी नगरपालिका–१३ को स्वास्थ्य चौकी करारका कार्यालय सहयोगी किशोरकुमार यादवको गोठमा राखिएको एउटा काठको दराजभित्र सीमित छ । पालिकाको प्रशासनिक केन्द्र हनुमाननगर बजारमा घर भाडा लिई स्वास्थ्य चौकी चलाइएको छ । जहाँ वडा कार्यालय पनि छ । ‘कोही बिरामी परेर औषधी लिन आए यहाँ भएको औषधी मै दिन्छु,’ स्वास्थ्य चौकीका करारका कार्यालय सहयोगी यादवले भने । ‘वडाका अधिकांश मानिस यतै बसोवास गर्ने भएका कारण अर्कै वडामा पनि गोबरगाढाको स्वास्थ्य चौकी संचालन गरिरहेको वडाध्यक्ष कुशेश्वर यादवको स्पष्टोक्ति छ । अन्य बेला गोबरगाढाबासी टापुबाहिर बसोवास गरिरहेको दाबी गर्ने उनले जब बाढीको सिजन आउँछ, त्यतिबेला पीडितको सूची बनाउँदा धेरै परिवार गोबरगाढामा बसोवास गरिरहेको दाबी गर्दै राहत वितरण गर्ने गराउने कार्य हुँदै आएको छ । गोबरगाढामा रहेको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको लुगाभत्ता, तलब, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च, भिटामिन ‘ए’ कार्यक्रम लगायतको खर्च गरी वार्षिक २५ लाख १७ हजार ८९ रुपैयाँ गत आर्थिक वर्षमा खर्च भएको नगरपालिकाले जनाएको छ । आधारभूत सेवाहरूसमेत गोबरगाढामा संचालन नभइरहेको अवस्थामा यो वडाको वार्षिक बजेट कानुनविपरीत खर्च गरिंदै आएको छ । गत आर्थिक वर्षका हनुमाननगर कंकालिनी नगरपालिकाले वडा नम्बर १३ गोबरगाढाका लागि ४५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । उक्त बजेट कानुनविपरीत अन्य वडामा खर्चिएको छ भने कामै नहुने शीर्षकमा रकम खर्च भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढा आफैं कोसी नदीको मध्य भागमा रहेका कारण यहाँ कुनै पोखरी छैन् । तर गत आर्थिक वर्षमा यो वडाका लागि छुट्याइएको रकममध्ये ८ लाख ७० हजार ४ सय ७१ रुपैयाँ मुस्लिम टोलमा रहेको पोखरीको उत्तरी डिलमा पर्खाल निर्माणका नाममा खर्चिएको छ । वडाध्यक्ष कुशेश्वर यादवले उक्त खर्च अर्को वडामा गरेको बताए । वडा नम्बर १३ का नागरिक मध्ये केही व्यक्ति वडा नम्बर ८ मा बसोवास गरिरहेकाले ८ नम्बर वडाको पोखरीको डिलमा पर्खाल निर्माण गरिएको उनले बताए । ‘एउटा वडाका लागि छुट्याइएको बजेट अर्को वडामा गएर खर्च गर्न कानुनी हिसाबले मिल्दैन,’ उनले भने । गोबरगाढा टापुभित्रका र बाहिरका केही व्यक्तिले टापुमा राम्रैसँग भैंसी पालन गरेका छन् । तर कृषि उत्पादन यहाँ देखिंदैन । जबकि गोबरगाढामा गत आर्थिक वर्षमा कृषि तालिममा २ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च भएको छ । किशोरीहरूको तालिम पनि अन्य वडामा गरेर १ लाख ९८ हजार खर्च भएको देखाइएको छ । विभिन्न स्थानमा शौचालय निर्माणमा १ लाख ६० हजार खर्च गरेको भनिए पनि वडा नम्बर १३ का कुनै पनि स्थानमा शौचालय छैन । गोबरगाढामा रहेको शारदा आधारभूत विद्यालयमा समेत शौचालय छैन । गोबरगाढा टापु पुग्न असहज रहेकाले अनुगमन वा छानबिन गर्ने निकाय नपुग्ने गरेको स्थानीयको आरोप छ । गोबरगाढाका स्थानीय अहिले हनुमाननगर, जोगिनिया र कोसी ब्यारेज आसपास बसाइँ सरेका छन् । तर मतदाता नामावलीमा नाम भएका कारण यहा बर्सेनि बजेट विनियोजन हुने र कागजी मिलान गरी खर्च हुने गरेको छ । गोबरगाढा बस्ती टापुबाट सार्ने प्रयास नभएको होइन । तर कोसीको मध्य भागमा दुःखमा बस्नु परिरहेका केही स्थानीय टापुबाट बाहिर निस्कनै चाहँदैनन् । ‘समस्या मात्रै देखाएर केही जनप्रतिनिधि र टाठाबाठाले यसलाई मागी खाने भाँडो बनाएका छन्,’ स्थानीयले दुखेसो पोखे । कोसीको मध्य भागमा रहेका कारण गोबरगाढा टापु पुग्न सुरक्षाकर्मीलाई पनि सहज छैन । सानो संख्यामा पुग्न पनि कठिनाइ छ । पछिल्लो समय गोबरगाढा टापु मदिरा तस्करीको अखडा बनेको छ । हनुमाननगरबाट तस्करहरूले मदिरा गोबरगाढासम्म पुर्याउने र त्यहाँबाट डुंगामा राखेर भारततर्फ तस्करी गरिरहेको स्थानीयको आरोप छ ।
Program Schedule
Bani Bahas
09:00 am - 10:00 am
Latest Hindi Song
10:00 am - 11:00 am
National News
11:00 am - 11:20 am
Maithili Songs
11:20 am - 12:00 pm
[+] View all
Public Poll
No Poll Added









