आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

विश्व खाद्य कार्यक्रमका रकम हिनामिना

image
राजविराज–सप्तरीमा बाढी प्रभावितका लागि विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले गरेको आर्थिक सहयोगको एक करोडभन्दा बढी रकम हिनामिना भएको आरोप लागेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा डब्ल्युएफपीले काठमाडौंस्थित ‘सेवक नेपाल’ नामक गैर सरकारी संस्थाको साझेदारीमा बाढी प्रभवितका लागि दुई करोड ५३ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । तर, सो रकममध्ये आधाभन्दा बढी वास्तविक बाढी प्रभावितसम्म पुगेकै छैन् भने वास्तविक प्रभावितलाई दिइएको रकमबाट पनि ५ देखि १२ हजारसम्मका दरले फिर्ता लिइसकेको लाभग्राहीहरुले नै बताएका छन् । सो कार्यक्रम अन्तर्गत प्रति बाढी प्रभावित परिवारलाई १५ हजारका दरले आर्थिक सहयोग गर्नुपर्ने थियो ।‘हामीलाई उपलब्ध गराइएको कुपन लिएर बैंक (आइडियल सहकारी संस्था) मा गएपछि त्यहाँ १५ हजारका दरले रुपैयाँ दियो तर बाहिर निस्किने बितिकै वडा सदस्य र कुपन दिने संस्थाका हाकिमले हामी तीन जनासँग १०–१० र एक जनासँग १२ हजार लिइसक्यो’ नाम उल्लेख नगर्ने सर्तमा उनले भनिन्, ‘हामीलाई भन्यो माथिल्लो हामिकलाई दिनुपर्छ अनि फेरी अर्को पटक पैसा आउँछ, नदिएर पनि के गर्ने ? पैसा त उनीहरुले नै दिएको थियो नि ।’  उनीहरुसँगै बैंकबाट फर्किरहेका अर्का व्यक्तिसँग १२ हजार फिर्ता लिइसकेका छन् । ‘होइन, मेरो घरमा पानी पसकेको थिएन, र मलाई नागरिकताको फोटोकपी लिने बेलामा नै ३ हजार मात्रै दिन्छु भनेर भन्नुभएको थियो’ उनले भने, ‘अनि मलाई बढी कसरी दिन्छ र ?, मैले पनि दिइहाले ।’ राहत सहयोगमा भेदभाव तथा रकम नै हिनामिना भएको भन्दै गत शुक्रवार वास्तविक बाढी प्रभावितहरुले प्रदर्शन तथा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीलाई ज्ञापन–पत्र समेत बुझाएका छन् । उनीहरुले वडाध्यक्षहरू साझेदार संस्थासँग मिलेर केही रकम आफ्ना आसेपासेलाई वितरण गरेको तथा केही रकम एक करोडभन्दा बढी रकम हिनामिना गरेको दावी गरे । ‘सहयोग गरेका धेरै जसो वास्तविक बाढी प्रभावित होइन, वडाध्यक्षहरूले आफ्ना आसेपासेको नाम मात्रै सिफारिस गरेर रकम वितरण गरेका हुन्’ स्थानीय अशोक यादवले भने, ‘यस्ता फर्जीहरुलाई एकै घरका ४–४ जनासम्मले रकम पाएका छन् ।’ त्यसअघि उनीहरुले हनुमाननगरका वडा नम्वर ५, ७, १२ र १३ गरी ४ वटा वडा कार्यालयमा तालाबन्दी पनि गरेका हुन् । मेयर बीरेन्द्र माझीले डब्ल्युएफपीले निष्पक्ष ढंगले राहत रकम वितरण नगर्दा नगरपालिकामा द्वन्द्व उत्पन्न भएको प्रतिक्रिया दिएका छन् । ‘डब्ल्युएफपीले वडासँग मात्र समवन्य गरेर रकम वितरण गरेको छ, हामीलाई जानकारी पनि छैन्’ उनले भने, ‘कार्यक्रम विवादीत भइसकेपछि सिडिओ सा’बको सल्लाहअनुसार नै मैले दशैंअघि नै तत्कालका लागि कार्यक्रम रोक्न जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको थिए तर दशैंपछि पुनः रकम वितरण हुन थाल्यो र द्वन्द्व बढ्यो ।’ 
विवरण नै त्रुटिपूर्ण रहेको मेयर माझीको भनाई छ । ‘द्वन्द्वका कारण अहिले पीडितहरुले वडाहरुमा तालाबन्दी गरिसकेका छन् तर डब्ल्युएफपी अहिलेसम्म पनि नगरपालिकामा विवरण बुझाएको छैन्’ उनले भने, ‘हामीले १६ सय ९० परिवारका माग गरेको हो तर कतिलाई रकम दिइयो त्यो जानकारी गराएको छैन् ।’ मेयर माझीले सहयोग पाएकासँग पनि १२ हजार रुपैयाँसम्म फिर्ता लिइसकेको आफुसमक्ष गुनासो आएको बताए । ‘पैसा फिर्ता लिने को हुन भनेर सोध्दा केहीले वडा सदस्यको नाम लिन्छनु त केहीले अन्य जनप्रतिनिधिको पनि नाम लिन्छन्, अब कुनै विपल्क देख्दिन’ उनले भने, ‘यो विषयमा निष्पक्ष छानबिन हुनुपर्ने जरुरी देखिन्छ ।’ सेवक नेपालका जिल्ला संयोजक मुरारीकुमार शुक्लाले पनि आफ्ना कर्मचारीले पैसा उठाएको विषय सुन्नमा आएको प्रतिक्रिया दिए । ‘तर देखिएको छैन, यद्यपी यो विषयमा स्पष्ट हुनका लागि वडाध्यक्षहरु सम्मिलित छानबिन समिति बनाउन लागका छौं’ अब उहाँहरुले नै छानबिन गर्नेछ ।’, उनले भने । उता, डब्ल्युएफपी मधेश प्रदेशका संयोजक कृष्ण माझीलाई पटक–पटक सम्पर्क गर्दा पनि फोन उठेन ।

Program Schedule
Bani Bahas 09:00 am - 10:00 am Latest Hindi Song 10:00 am - 11:00 am National News 11:00 am - 11:20 am Maithili Songs 11:20 am - 12:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise