आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

जनमत नेतृत्वको सरकार आन्दोलनको उपलब्धि समाप्त पार्ने खेलमा लागेको छ : नेता यादव

image

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् पुर्व साँसद विदेश्वर प्रसाद यादव (विक्की) ले सतिष कुमार सिंह नेतृत्वको प्रदेश सरकार आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । जनता समाजवादी पार्टी नेपाल निर्वाचन क्षेत्र नम्बर ३ समितिद्वारा सप्तरीको शम्भुनाथ नगरपालिका १२ स्थित डेढवा पोखरीमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । जनतासंग जसपा आधारभूत संगठन निर्माण अभियान अन्तर्गत सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले मधेस आन्दोलनको बलमा प्राप्त उपलब्धि खोस्नकै लागि एमाले र काँग्रेसले जनमत पार्टीलाई मधेस प्रदेश सरकारको नेतृत्व दिएको दावी गरे । “मधेस आन्दोलनको बलमा प्राप्त उपलब्धि अहिले खतरा छ” यादवले भने,” मधेस प्रदेशको गौरवको योजनाको रुपमा रहेको मधेश कृषि विश्वविद्यालयसहितलाई समाप्त पार्ने षड्यन्त्र स्वरुप ठुलो बजेट कटौती पनि हो, मधेस आन्दोलनका उपलब्धि समाप्त पार्न जनमत नेतृत्व सरकार लागेको यसैबाट स्पष्ट हुन्छ । “ महिला,मधेशी, आदिवासी, दलित, थारु लगायत उत्पिडनमा रहेको समुदायको अधिकार खोस्नैको लागि केन्द्रमा एमाले, काँग्रेस गठबन्धन र मधेसमा उनीहरुको समर्थनमा जनमत नेतृत्वको सरकार गठन भएको जिकिर गर्दै पुर्व साँसद यादवले आन्दोलनको बलमा प्राप्त उपलब्धिको रक्षा र बाँकी अधिकार सुनिश्चितताका लागि शक्तिको आधार आधारभूत तहसम्म संगठन निर्माण गर्नुपर्नेमा जोड दिए । क्षेत्रीय अध्यक्ष कमलदेव यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य शैलेन्द्र मोहन झा, रमिलादेवी साह, डा. बबी सिंह यादव, प्रदेश सदस्य सुरेन्द्र प्रसाद यादव, जिल्ला सचिब हरेराम यादव, डाक्नेश्वरी नगरपालिकाका पुर्व मेयर शिव नारायण साह,जिल्ला कार्य कारिणी सदस्य राजेश्वरप्रसाद राय, जिल्ला सदस्य लाल बहादुर मेहता, नेता चुल्हाई मण्डल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्दै अधिकार सुनिश्चितताको लागि संगठन निर्माण गरी संघर्षको विकल्प नरहेको बताए । यसैगरी डानेश्वरी नगरपालिकाका प्रत्यासी उम्मेदवार वेचु साह, पार्टी अध्यक्ष लक्षणदेव साह, उपाध्यक्ष ओमप्रकाश यादव, राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणु देवी मण्डल, , समाजवादी विद्यार्थी संगठनका केन्द्रीय सचिब मनिष यादव, समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार प्रसाद यादव,रघुनन्दन यादव समेतकाले शुभकामना मन्तव्य व्यक्त गरे । जसपा नेपाल सप्तरीका सदस्य विशेश्वर प्रसाद मण्डल बिपिद्वारा संचालित कार्यक्रममा स्वागत स्थानीय नेता विश्वकान्त ठाकुरले गरेका थिए । कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला तथा विभिन्न भातृसंगठनका नेताहरुलाई गम्छा ओढाएर सम्मान समेत गरिएको थियो ।

Program Schedule
Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am National News 11:00 am - 11:20 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise