आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

सुनसरीको हरिनगरमा झडप : १६ प्रहरी र ७ प्रदर्शनकारी घाइते

image

सुनसरी — हरिनगर गाँउपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेपनि स्थिति सामान्य बन्न सकेको छैन । हरिनगरको भुटाह बजार बिहानैबाट तनावग्रस्त बनेको छ । शुक्रबार मध्यान्ह १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिकाको सबै वडा र देवानगञ्जको १ र ७ नम्बर वडामा निषेधाज्ञ जारी भए पनि स्थानीयले प्रदर्शन गरिरहेका छन् । स्थानीयले प्रदर्शन निरन्तर गरेपछि प्रहरीले गोली चलाउँदा दुई जना प्रदर्शनकारी घाइते भएका छन् भने प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढाले आक्रमण गरेका छन् । झडपमा परेर १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईले जानकारी दिए । उनीहरुको बिराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिहीबार एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका-१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायका बीचमा तनाव बढेको हो । दुवै समूहका स्थानीयहरु झडपमा उत्रिएपछि शुक्रबार बिहानैबाट तनाव सिर्जना भएको हो । बिहीबार साँझ स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिटपछि दुवै समूहका बीचमा झडप भएको थियो । झडपमा दुई प्रहरीसहित एक जना स्थानीय घाइते भएका थिए । स्थिति थप बिग्रन नदिन सो क्षेत्रमा निषेधाज्ञा जारी गरिए पनि अवस्था सामान्य बन्न नसकेको सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

प्रशासनले शुक्रबार मध्यान्ह १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । बिहीबारको आक्रमणबाट घाइते भएका हरिनगर गाउँपालिका-३ का जीवन मेहताको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

 
 
 
 

Program Schedule
Bani Bahas 09:00 am - 10:00 am Latest Hindi Song 10:00 am - 11:00 am National News 11:00 am - 11:20 am Maithili Songs 11:20 am - 12:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise