आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

अर्थतन्त्र र व्यवसायमा देखिएको शिथिलता सबैको सहकार्यबाट मात्रै चिर्न सकिन्छ : गभर्नर अधिकारी

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र र व्यवसायमा देखिएको शिथिलता चिर्नका लागि सबै क्षेत्रबीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताएका छन् । कर्पोरेट नेपालको १० औँ वार्षिकोत्सवलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्रका सूचक सकरात्मक रहेको भन्दै सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए । अर्थतन्त्र र व्यवसायले शिथिलता भोगिरहेको सत्य भएपनि त्यसबाट बाहिर निस्किन सकिने गभर्नर अधिकारीको भनाइ थियो ।

'अर्थतन्त्र र व्यवसायमा शिथिलता छ, सबैको समन्वय र सहकार्यबाट मात्रै चिर्न सकिन्छ । उपाय र नीतिहरू पनि छन्, निराश हुने भन्दा पनि अगाडि बढ्नुपर्छ । अर्थतन्त्रमा शिथिलता छ भन्दैमा कर्मचारी कटौती गर्दा थप अर्थतन्त्रमा शिथिलता बढ्छ । समस्या आयो भन्दैमा कलम खल्तीबाट निकालिएन भने थप समस्या आउँछ,' गभर्नर अधिकारीले भने, 'अर्थतन्त्र सबल बनाउनको लागि सरकार र निजी क्षेत्र सहकार्य गर्न आवश्यक छ । अर्थतन्त्रका सूचकहरू सकारात्मक भएकाले आत्तिनु पर्ने अवस्था छैन ।'

गभर्नर अधिकारीले विदेशी मुद्रालाई लगानी गर्नतर्फ लाग्न जरुरी रहेको बताए । उनले निजी क्षेत्रको मनोबल गिराएर नभई उच्च बनाएर अघि बढ्नुपर्ने बताए । व्यवसायीले आर्थिक गतिविधि गरिरहेको तर त्यसमा संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ थियो ।

गत आर्थिक वर्ष २०७९/८० को केन्द्रिय तथ्यांक कार्यालयले अनुमान गरेको तथ्यांकबाट २ प्रतिशत भन्दा कमको आर्थिक वृद्धिदर हासिल गरेको उल्लेख गर्दै गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने सूचकहरूले देखाइरहेको बताए । 'यो वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न आशा गरेता पनि त्यहाँ नपुग्ने सूचकहरू आइरहेका छन् । तर पनि हामी औसत वृद्धि गर्नसक्छौं भन्ने लक्ष्य छ,' उनले भने, 'बाह्य क्षेत्र सबल छ । राष्ट्र बैंकले राखेको लक्ष्य भन्दा ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न विषय अहिले १२.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमता अवस्था छ ।'

मूल्यबृद्धि नियन्त्रणमा रहेको पनि गभर्नर अधिकारीको भनाइ थियो। 'मूल्यवृद्धि पनि स्थिर छ । बैंकको ब्याजदर क्रमस: घट्दै आएरहेको छ,' उनले भने ।

 
 
 

Program Schedule
BBC Hindi Sewa 06:45 am - 07:15 am Promo/PSA/Songs 07:15 am - 07:30 am Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise