आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

गुजरातलाई हराएर नेपाल टिम फाइनलमा

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार तेस्रो जित हात पार्दै एसएमएस फ्रेन्डसिप ट्वान्टी–२० कपको फाइनलमा पुगेको छ । भारतको गुजरात स्थित भापीमा भइरहेको प्रतियोगितामा नेपालले बुधबार गुजरातलाई ८ रनले हरायो । नेपालले यसअघिका गुजरात र बरोदालाई हराएको थियो । कुशल भुर्तेल र आसिफ शेखले शतकीय साझेदारी गरेपछि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाई १ सय ८१ रन बनायो । जबाफमा आएको गुजरातले ७ विकेट गुमाई १ सय ७३ रनमात्र बनाउन सक्यो । ३७ बलमा अर्धशतक पूरा गरेका आसिफले कुल ५१ बलमा ८५ रन बनाए । प्लेयर अफ द म्याच उनले १० चौका र ५ छक्का प्रहार गरे । आसिफ र कुशलले पहिलो विकेटमा १ सय २५ रनको साझेदारी गरे । कुशल १४ औं ओभरमा आउट भएपछि यो साझेदारी टुटेको हो । कुशल ४४ बलमा ६७ रन बनाई आउट भए । उनले ९ चौका र २ छक्का प्रहार गरे ।

त्यसपछिका नेपाली ब्याटरहरू पालैपालो आउट भए । कप्तान रोहित पौडेल ३, सन्दीप जोरा २, कुशल मल्ल १, गुलशन झा ४ रन र अनिल साह शून्यमा आउट भए । विवेक यादव ५ बलमा ७ र प्रतिश जिसी ३ बलमा ४ रन बनाई अविजित रहे । गुजरातका जयमित पटेलले ४ ओभरमा ४६ रन खर्चेर ३ तथा ध्रुसन्त सोनी र आर्य देसाईले २–२ विकेट लिए ।

ओपनरद्वय रुद्र पटेल ८ र आर्य ९ रनमा आउट भए पनि गुजरातले नेपाललाई राम्रो चुनौती तेर्स्याएको थियो । अन्तिम ओभरमा गुजरातलाई खेल जित्न २० रन चाहिन्थ्यो । प्रतिशले फालेको अन्तिम ओभरको पहिलो बल वाइड गयो भने त्यसपछि दुई बलमा गुजराती ब्याटर हर्ष देसाईले लगातार २ चौका प्रहार गरे । बाँकी ४ बलमा प्रतिशले ४ रनमात्र दिएर नेपाललाई विजयी बनाए ।

कप्तान उमंग रोहित कुमारले गुजरातबाट सर्वाधिक ४७ रन बनाए । उनले २४ बल खेलमा ४ चौका र २ छक्का प्रहार गरे । अभिषेक देसाईले २० र प्रियस पटेलले १७ रन बनाए । हर्ष १६ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । नेपालका सोमपाल कामी, गुलशन र कुशल मल्लले २–२ विकेट लिए । सोमपालले ४ ओभरमा १८, गुलशनले ४ ओभरमा ३७ र कुशलले आफ्नो एकमात्र ओभरमा ३ रन दिए । विवेकले १ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा ४९ रन खर्चन पुगे र कुनै विकेट लिन सकेनन् । 

 
 
 

Program Schedule
Bani Bahas 09:00 am - 10:00 am Latest Hindi Song 10:00 am - 11:00 am National News 11:00 am - 11:20 am Maithili Songs 11:20 am - 12:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise