आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

दिल्लीकी मन्त्री आतिशीले भनिन् : भाजपाले पार्टीमा सामेल नभए पक्राउ गर्ने धम्की दियो

दिल्ली सरकारकी मन्त्री आतिशीले केन्द्रमा सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा) ले आफ्नो पार्टीमा सामेल नभए पक्राउको धम्की दिएको बताएकी छिन् । मंगलबार दिल्लीमा पत्रकार सम्मेलन गर्दै अरविन्द केजरीवाल सरकारकी महत्त्वपूर्ण सदस्य रहेकी शिक्षामन्त्री आतिशीले पार्टीमा नआए १ महिनाभित्र गिरफ्तार गर्ने भाजपाले धम्की दिएको बताएकी हुन् । आतिशीले भाजपाले आम आदमी पार्टी(आप) लाई समाप्त पार्ने षड्यन्त्र गरेको पनि बताइन् । उनले भनिन्, 'आम आदमी पार्टीका शीर्ष नेताहरूलाई पक्राउ गरिएको छ । सबैभन्दा पहिले सत्येन्द्र जैनलाई पक्राउ गरियो । त्यसपछि मनीष सिसोदिया, सञ्जय सिंह र मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरियो ।' आतिशीले आफूसहित आम आदमी पार्टीका अन्य नेताहरू सौरभ भारद्वाज, दुर्गेश पाठक र राघव चड्ढालाई पनि पक्राउ गर्न लागिएको बताएका छन् । 'भाजपाले सोच्छ होला कि आम आदमी पार्टीका नेताहरूलाई पक्राउ गरेर पार्टी समाप्त हुन्छ । तर यस्तो हुनेवाला छैन ।' लोकसभा चुनाव आउनै लाग्दा नरेन्द्र मोदी सरकार लोकतन्त्र समाप्त गर्ने खेलमा लागेको विपक्षी दलहरूले आरोप लगाएका छन् । बिनाप्रमाण विपक्षी दलका नेताहरूलाई पक्राउ गरिनु राजनीतिक प्रतिशोध भएको उनीहरूको आरोप छ । दिल्लीका मुख्यमन्त्री केजरीवाललाई केन्द्र सरकारमातहतको जाँच एजेन्सी प्रवर्तन निर्देशनालय(ईडी)ले सरकारी निवासबाट नियन्त्रणमा लिएको हो । मदिरा बिक्री वितरणको अधिकार निजी क्षेत्रलाई दिने नीति ल्याएर केजरीवाल नेतृत्वको दिल्ली सरकारले भ्रष्टाचार गरेको आरोप छ । उनी पक्राउ पर्ने आशंका केही महिना पहिलेदेखि नै थियो ।

भाजपाले सरकारी संयन्त्रलाई विपक्षीविरुद्ध प्रयोग गरेर चुनावी लाभ लिन खोजेको आरोप लगाइरहेका छन् । ईडीद्वारा गरिएको कारबाहीले पनि त्यो संकेत गर्छ । २०१४ यता ईडीले १ सय २१ नेतामाथि कारबाही चलाएकोमा त्यसमध्ये १ सय १५ जना विपक्षका नेता छन् । ईडीको कारबाहीमा ९५ प्रतिशत विपक्षी दलका नेता परेका छन् । जबकि केन्द्रदेखि अधिकांश राज्यमा भाजपा नेतृत्व वा गठबन्धनको सरकार छ । भाजपामा प्रवेशपछि ‘ईडी’ को कारबाहीबाट कतिपय नेता चोखिएका उदाहरण पनि छन् । त्यही भएर विपक्षी खेमाले भाजपालाई ‘वासिङ मेसिन’ पनि भन्दै आएको छ ।

पछिल्लो डेढ महिनायता विपक्षी खेमाका दुई जना मुख्यमन्त्री नै जेल पुगेका छन् । एकपछि अर्को विपक्षी नेताहरू सरकारी एजेन्सीको ‘जालो’मा पर्नुलाई विपक्षी नेताहरूले देशमा संकटकालीन स्थिति र अलोकतान्त्रिक व्यवहार भनेर टिप्पणी गरेका छन् । पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले विपक्षी नेताहरूलाई जेलमा राखेर मोदीले रूसको पुटिन मोडलमा चुनाव गराउन खोजेको टिप्पणी गरेका छन् । भारतमा १८औं लोकसभा चुनाव घोषणा भइसकेको छ । २५ दिनपछि १९ अप्रिलमा पहिलो चरणको मतदान हुँदैछ ।

 
 
 

Program Schedule
Bani Bahas 09:00 am - 10:00 am Latest Hindi Song 10:00 am - 11:00 am National News 11:00 am - 11:20 am Maithili Songs 11:20 am - 12:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise