आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

बिटौरी जग्गा समस्याको विषयमा सरकारलाई ध्यानाकर्षण

सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादवले बुधबार प्रतिनिधिसभा बैठकमा वर्षौदेखी राजविराजवासीले भोग्दै आएको बिटौरी जग्गा समस्याको विषयमा सरकारलाई ध्यानाकर्षण गराएका छन् । 
    उनले बिटौरी रसिद काटेकै भरमा भोग चलन गर्दै आएका पाँच हजार घरपरिवारलाई अविलम्ब लालपूर्जा उपलब्ध गराउन पहलका लागि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । 
    बुबा बाजेको पालादेखी रहेको आफ्नो जग्गा समस्या पर्दा बिक्रि बितरण गर्न र बैंकमा राखेर ऋण समेत लिन नपाउँदा झण्डै ५ हजार परिवार समस्यामा रहेको बारे उनले सरकारलाई ध्यानाकर्षण गराए । 
    राजविराज नगरपालिकाले यस अघि बिटौरी जग्गाको कर लिदा सोही रसिदको आधारमा जग्गाधनीले समस्या पर्दा बिक्रि तथा बैंक र बित्तिय संस्थामा जग्गा धितो राखेर ऋण लिने गरेकामा विगत ८ वर्षदेखी सो रोकिदा ५ हजार भन्दा बढी परिवार प्रभावित भई कष्टकर जिवन बिताउन बाध्य भएको उनको भनाई थियो ।
    उनले सप्तरीको ग्रामिण क्षेत्रमा खानेपानीको समस्या बारे सरकारको ध्यानाकर्षण गराउँदै अहिले अधिकांश ट्युवेलहरु सुक्न थालेकोले अगामी दिनमा अझै पानीको संकट हुन नदिन समयमै त्यसको समाधान गर्नु पर्ने आवश्यकता औल्याए । 
    भारतीय सीमादेखी गाईघाटसम्म जोड्ने गरी थालिएको शम्भुनाथ–बनैनिया–गाईघाट सडक वर्षौदेखी अलपत्र रहेको भन्दै उनले बजेट व्यवस्था गरी अविलम्ब काम सूचारु गराउन सरकारको ध्यानाकर्षण गराए । 
    त्यस्तै प्रतिनिधि सभाको बैठकमा उनले राजविराजस्थित देशकै पुरानो मध्येका एक गजेन्द्र नारायण सिंह अस्पतालमा आवश्यकता अनुसारको चिकित्सक र उपकरण नहुँदा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको भन्दै उक्त विषयमा सरकारको गम्भिर ध्यान जानु पर्ने बताए ।  

Program Schedule
Bani Bahas 09:00 am - 10:00 am Latest Hindi Song 10:00 am - 11:00 am National News 11:00 am - 11:20 am Maithili Songs 11:20 am - 12:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise