आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

दिपाको रहस्यमय मृत्यु प्रकरणमा थप एक आरोपी पक्राउ

भारतमा रहस्यमय मृत्यु भएको सप्तरीको छिन्नमस्ता गाउपालिका ७ की १५ वर्षिया दिपा यादवको प्रकरणमा अनुसन्धानका लागी प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका ४ निवासी ३० वर्षिय कृष्ण कुमार यादव रहेको प्रहरीले जनाएको छ । 
    भारतबाट घर फर्केको बेला अघिल्लो दिन उनलाई गाउँबाटै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । 
    दिपाको गत मंसिर ३० गते भारतको राजधानी नयाँ दिल्लीमा रहस्यमय मृत्यु भएको थियो । उनको मृत शरीर दिल्लीस्थित लाजपतनगरमा एउटा कोठामा दिल्ली प्रहरीले वरामद गरेको थियो । उक्त कोठा भाडामा लिई वस्दै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ का रोशन मण्डललाई सोही दिन दिल्ली प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 
    पछिल्लो पटक नेपाल प्रहरीले पक्राउ गरेका कृष्ण उनकै साथी हुन । दीपा वेपत्ता भएकै दिनदेखि लगातार रोशन र कृष्ण फोन सम्पर्कमा रहेको कृष्णले बोकेको मोबाइल कल डिटेलबाट देखिएको बताइएको छ । 
    रोशनका आफन्तले दीपा र रोशनबीच प्रेम सम्बन्ध रहेको र सोही क्रममा दीपा स्वेच्छाले दिल्ली भागी प्रेम विवाह गरेको दाबी गर्दै आएका छन् । 
    दिल्ली वसाई कै क्रममा गत मंसिर ३० गते दुबै बीच समान्य विवाद हुदा आवेशमा आई दीपाले झुण्डिएर आत्महत्या गरेको समेत रोशनका अभिभावकहरुले बताउँदै आएका छन् । तर, दिपाका अभिभावकले त्यो आत्महत्या नभई हत्या नै भएको दाबी गर्दै आएको छ । 
    राजविराज ७ स्थित रोज पब्लिक स्कुलबाट गत वर्ष माध्यमिक शिक्षा परिक्षा (एसइई) दिएकी १५ वर्षिय दीपाको गत जेठ २० गते रोशन र कृष्णसहित मोटरसाईकलमा चढी आएका ४ जना युवाले अपहरण गरी लगेको मामा चन्द्र शेखरले बताउँदै आएका छन । 
    सो बारे चार जना विरुद्ध मामा चन्द्र शेखरले जिल्ला प्रहरी कार्यालयमा प्रथम पटक अपहरण, शरिर बन्धक, जबरजस्ती करणी र मानव वेच विखन कसुरमा जाहेरी दिएका थिए । तर भान्जीको मृत्यु भए पश्चात उनले ती चारै जना विरुद्ध कतब्र्य ज्यान मुदा चलाउन समेत उजुरी दिएका छन् । 
    प्रहरीले सो उजुरी दर्ता गर्न आलटाल गरेपछि दीपाका अभिभावहरुले न्याय खोज्दै उच्च अदालत जनकपुर–राजविराज इजलाश पुगेका थिए । 
    सो रिट उपर सुनवाई गर्दै न्यायधिश मुनेन्द्र प्रसाद अवस्थी र विमल सुवेदीको संयुक्त इजलाशले २०८० असोज १२ गते परमादेश जारी गरेको थियो । परमादेश पछि प्रहरीले सक्रियता देखाउदै आरोपीलाई पक्राउ गर्न थालेको हो । नाबालिकालाई अपहरण गरी हत्या गरिएको भन्दै दीपाका आफन्तले रोशन र कृष्ण संगै डाक्नेश्वरी नगरपालिका ६ का सूर्य नारायण मण्डल र सकुन्तला देवी मण्डल विरुद्ध पनि प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

Program Schedule
Bani Bahas 09:00 am - 10:00 am Latest Hindi Song 10:00 am - 11:00 am National News 11:00 am - 11:20 am Maithili Songs 11:20 am - 12:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise