आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

ध्वनी प्रदुषण रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन

मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राज कुमार लेखीले  ध्वनी पदूषण  रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । प्रदेश सुरक्षा समन्वय समितीको  जनकपुरधाममा  मंगलबार बसेको बैठकमा ध्वनी प्रदुषणले विभिन्न खालको समस्याहरु सिर्जना गर्ने भएको भन्दै मन्त्री लेखीले सुरक्षा निकायहरुलाई उक्त निर्देशन दिएका हुन् । 
मधेश प्रदेशमा हुने गरेको विभिन्न खालका कार्यक्रममा ठूलो अवाजमा डिजे लगायतका साउण्ड सिस्टमले ध्वनी प्रदुषण भई स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको जनगुनासो बढन थालेकाले  त्यसलाई नियन्त्रण गर्न मन्त्री लेखी निर्देशन दिए । 
 सुरक्षा समन्वय समितिको बैठकले ध्वनी प्रदुषणले विभिन्न समस्या सिर्जना गरेको ठहर गर्दै नियन्त्रणका लागि हरेक पक्षवाट समन्वय र सहयोगको लागि आग्रह गरे । 
 
प्रदेश सुरक्षा समन्वय  समितिका अध्यक्ष समेत रहेको गृह,सञ्चार तथा कानून मन्त्री लेखीले जनताको गुनासोलाई सम्बोधन गर्दै तत्काल ध्वनी प्रदुषण नियन्त्रण गर्नका लागि सुरक्षा निकायका प्रमुखहरुलाई बैठकमा निर्देशन दिए । बैठकमा जनताले गरेका गुनासाहरु सुनाँउदै मन्त्री लेखीले ध्वनी प्रदुषणका कारण हृदय रोगीहरुलाई विभिन्न खालका समस्या हुनुको साथ साथै एसइईका विद्यार्थीहरुलाई पठन पाठनमा समेत समस्या भइरहेकोले नियन्त्रणका लागि आवश्यक कदम लिनका लागि मन्त्रालय मातहतका निकायहरुलाई निर्देशन दिए । 
बैठकवाट ध्वनी प्रदुशन रोकनका लागि प्रदेशभरीका जिल्ला प्रशासन कार्यालय ,चारवटै सुरक्षा निकाय र प्रदेश भरीका स्थानीयतहलाई पत्रपठाउने निर्णय सहित पत्र पठाइएको गृह,सञ्चार तथा कानून मन्त्री लेखीले जानकारी दिए । मन्त्रालयले गरेका निर्णयलाई अटेर गर्नेलाई कानून अनुसारको कारवाही प्रक्रिया अगाडी बढाइने समेत उनले बताए ।
 गृह,सञ्चार तथा कानून मन्त्रालय समालेको केही दिनमै एक पछि अर्को गरी जनगुनासालाई सम्बोधन गर्न थालिएपछि मन्त्री लेखीले केही गर्ला भने  मधेशको जनतामा आशा पलाएको छ ।
मन्त्री लेखीले पदभार ग्रहण गरेकै दिन मन्त्रालयले गर्ने कामकाजको पारदर्शीताका लागि सूचनाको हकको पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेका थिए । यता मधेश प्रदेश सरकारको यस प्रकारको निर्णयलाई विभिन्न पक्षवाट स्वागत गरिएको छ ।

Program Schedule
Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am National News 11:00 am - 11:20 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise