आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

पुर्व मन्त्री यादवले सार्वजनिक रुपमा माफी नमागेसम्म काममा नफर्किने कर्मचारीहरुको अडान

जनमत पार्टीका नेता सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य  एवम्  पुर्व मन्त्री महेश प्रसाद यादवले सार्वजनिक रुपमा माफी नमागेसम्म काममा नफर्कीने पुर्वाधार विकास कार्यालयका कर्मचारीहरुले अडान लिएका छन् । कार्यालय प्रमुख प्रवीण प्रताप अधिकारीमाथि  सार्वजनिक स्थानमा हातपात तथा दुर्व्यवहार गरेको भन्दै मन्त्री यादवले सार्वजनिक रुपमा माफी नमागेसम्म आन्दोलन जारी राख्ने उनीहरुले अडान राखेका हुन् । 
कार्यालयमै प्रवेश गरि कार्यालय प्रमुखमाथि भएको हातपात तथा दुर्व्यवहार निन्दनीय रहेको र अमर्यादित व्यवहार देखाउने पुर्वमन्त्री यादवसहित घटनामा संलग्न  दोषीमाथि कारबाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने कर्मचारीहरु बताउँछन् । उनीहरुले पुर्वमन्त्री यादवले सार्वजनिक रुपमा माफी नमागेसम्म काममा नफर्किने बताए । 
पुर्वमन्त्री यादवमाथि कारबाहीको माग गर्दै पुर्वाधार विकास कार्यालय मधेश प्रदेश अन्तर्गतका सम्पुर्ण कार्यालयका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर पेनडाउन सहितका दबाब मुलक कार्यक्रम जारी राखेका छन् ।  
कर्मचारीहरु आन्दोलनमा उत्रिदा मधेश प्रदेश भरी पुर्वाधार विकास कार्यालयको सम्पुर्ण सेवा प्रभावित भएका छन् । कर्मचारीहरुको आन्दोलनका कारण सेवाग्राहीहरु मर्का परेका छन् । 
आइतबार पुर्व मन्त्री यादव र ऊनीसंगै आएका धिरेन्द्र यादवले कार्यालय प्रमुख अधिकारीमाथि गाली गलौज गर्दै हातपात गरि दुर्व्यवहार गरेका थिए । 

 

Program Schedule
Bani Bahas 09:00 am - 10:00 am Latest Hindi Song 10:00 am - 11:00 am National News 11:00 am - 11:20 am Maithili Songs 11:20 am - 12:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise