आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिता सुरु

image
 
सि.एफ.एम न्युज डेस्क
राजबिराज ।
प्रधानमन्त्री कप पुरूष सिनियर राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि जिल्ला प्रधानमन्त्री स्तरीय  छनोट सुरू गरिएको छ । शनिबार देखि पुस  १२ गते सम्म संकलन हुने सप्तरी जिल्ला स्तरीय सिनियर खेलाडी छनोट प्रतियोगिता सुरु गरिएको हो ।
प्रतियोगितामा सहभागिताका लागि जिल्लाका ५ टिम बिच प्रतिस्पर्धा गराई उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूवाट सप्तरी सिनियर पुरूष टिम चयन गरिने जनाइएको छ ।
शनिवार भएको पहिलो र दोस्रो खेलमा  राजदेबी सप्तरी ११ र डाक्नेश्वरी सप्तरी ११ बिजय भएका छन।
सप्तरी क्रिकेट सँघको आयोजनामा राजबिराज स्थित स्थानिय पबिमाबि खेलमैदानमा पहिलो खेलमा राजेदबी सप्तरी ११ ले कंकालनी सप्तरी ११ लाई ५ बिकेट पराजित गर्दै बिजय सुरूवात गरेको छ ।
टस जितेर ब्याटिंग गर्दै कंकालनीले निर्धारित २० ओभरको खेलमा २ बिकेटको क्षतिमा १ सय १३ रनको योगफल खडा गरेका थिए।
जसमा बिकास दासले सर्वाधिक ३८ रन अविजित खेलेका थिए भने पप्पु यादब १४, ताउसिफले १० रन बनाएका थिए । बलिंग तर्फ राजदेबीका सुशान्त देव २,  बिजय यादब र निकु यादबले समान्य १/१ बिकेट हात पारेका थिए ।
जवाफमा राजदेबीले २ बिकेटको क्षतिमा बिजयी हासिल गरेका थिए । जसमा नितेश यादबले ३९ र अमित यादबले ३३ रन बनाउदै अविजित खेल्दै टिमलाई जिताएका थिए, भने प्रवेष यादबले पनि १७ रन जोडे ।
बलिंग तर्फ कंकालनीका असोक यादब र सोहिल ले १/१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि प्लेयर नितेश यादब घोषित भएका थिए।
यसैगरी दोस्रो खेलमा शम्भुनाथले टस जितेर ब्याटिंग गर्दै ९ बिकेटको क्षतिमा १ सय २७ रनको योगफल खडा गरेका थिए । जसमा रेबती राय २६ रन, अनिल यादब २२ निरज यादब २१ र गौतम साह १० रन बनाएका थिए ।
बलिंग तर्फ डाक्नेश्वरीका गुणान्द राय र रमानन्नदले समान्य २ बिकेट तथा अभिषेक कार्की, सन्दिप यादब, अजय यादबले समान्य १/१ बिकेट लिएका थिए ।
प्रतिउतरमा डाक्नेशवरीले ५ बिकेटको क्षतिमा बिजय लक्ष्य पार गरेका थिए । जसमा गुणान्द रायको उत्कृष्ट ब्याटिंग गर्दै १० चौका र १ छक्काको मदतले सर्वाधिक ७५ रन बनाउदै अविजित खेलेपछि जित सहज भएको थिया । यसैगरी अर्का ब्याटर वसन्त यादबले १४ रन,अमन यादब १२ रन जोडेका थिए । बलिंग तर्फ शंभुनाथका भोला भण्डारीले ३ बिकेट र रेबती राय, धिरज समान्य १/१ बिकेट हात पारेका थिए । दोस्रो खेलको म्यान अफ दि प्लेयर गुणान्द रायलाई घोषित गरेका थिए ।
आइतबारको खेलमा राजदेवी र डाक्नेश्वरी तथा छिन्मस्ता र कंकालिनी बिच हुने सप्तरी क्रिकेट सँघका सचिव चन्दन यादबले जानकारी दिएका छन ।

Program Schedule
Bani Bahas 09:00 am - 10:00 am Latest Hindi Song 10:00 am - 11:00 am National News 11:00 am - 11:20 am Maithili Songs 11:20 am - 12:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise