आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

आध्यात्मिक गुरू बलात्कारमा दोषी ठहर भएपछि भड्किएको हिंसामा मर्नेको संख्या ३६ पुग्यो

image
एजेन्सी, ११ भदौ । भारतको स्वघोषित आध्यात्मिक गुरू राम रहिम सिंह बलात्कारमा दोषी ठहर भएसँगै हरियाणमा भड्किएको हिंसामा मर्नेको संख्या ३६ पुगेको छ । सिंहका समर्थकहरुले अदालतले गरेको फैसलाको विरोध गर्दै हिंस्रक प्रदर्शन गरेका हुन् । 
हरियाणामा हजारौं सर्वसाधारणले आफ्ना धर्म गुरु मानिएका राम रहिम सिंहलाई बलात्कारको मुद्दामा अदालतले दोषी ठहर गरेपछि सुरु भएको प्रदर्शन अझै रोकिएको छैन । प्रदर्शनकारीहरुले सरकारी भवन, सरकारी तथा निजी सवारीसाधनमा आगजनी गरेपछि हिंसा चर्किएको हो । 
त्यस क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् भने केही हतियारसमेत बरामद गरिएको छ । प्रदर्शनकारीले २४ वटा सवारीसाधन ध्वस्त पारेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस, पानीको फोहोरा प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको थियो । 
गैरनाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था सच डेरा सौदाका प्रमुखसमेत रहेका सिंहले आफ्ना दुई अनुयायी महिलामाथि बलात्कार गरेको ठहरसहित अदालतले दोषी प्रमाणित गरेको हो । उनको मुद्दाको अन्तिम सुनुवाई भोलि हुने बताइएको छ ।
 

Program Schedule
Bani Bahas 09:00 am - 10:00 am Latest Hindi Song 10:00 am - 11:00 am National News 11:00 am - 11:20 am Maithili Songs 11:20 am - 12:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise