आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

रीस्टारको विवाद टुंगिएन, एन्फा बैठक अनिश्चित

image

रासस, १२ साउन । थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि विहीबार बस्ने भनिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठक पुनः स्थगित भएको छ । एन्फाको लापर्बाहीका कारण गतवर्ष एएफसी कप फुटबल प्रतियोगिताको दोस्रो चरण खेल्न नपाएको थ्रीस्टारले दोषीमाथि कारबाहीसहित रु छ करोड माग गर्दै आएको छ । 

           सोही विषयमा कुरा नमिलेपछि बुधबार बसेको बैठक विहीबार १ बजे पुनः बस्ने गरी स्थगित गरिएको थियो । एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले अर्को सूचना नआइन्जेलसम्मका लागि बैठक स्थगित गर्न निर्देशन दिएपछि बैठक स्थगित गरिएको जानकारी दिए ।  
            उनले अर्को बैठक कहिले बस्ने भन्ने विषयमा केही टुंगो नभएको बताए । बुधबारको बैठकका लागि तय भएका विभिन्न नौवटा एजेन्डामा थ्रीस्टारलाई क्षतिपूर्ति दिने विषयबाहेक अन्य सबै विषयमा लगभग सहमति भएको थियो ।
           एशियाली फुटबल महासङ्घ एएफसीले तीन पटकसम्म इमेल पठाए पनि एन्फाले खेलाडीको नामावली नपठाउँदा थ्रीस्टार क्लब दोस्रो चरण खेल्नबाट वञ्चित भएको थियो । थ्रीस्टारले क्षतिपूर्ति नपाएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी नहुने भन्दै बहिष्कार गर्दै आएको छ ।

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise